दफा ७
प्रदेश प्रहरी प्रमुख
(१) नेपाल सरकारले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षकलाई प्रदेश प्रहरीको प्रमुखको रुपमा खटाउनेछ।
(२) प्रदेश प्रहरी प्रमुखको रुपमा खटिएको प्रहरी कर्मचारीले प्रदेश प्रहरीको पोशाक र दर्ज्यानी चिह् लगाई प्रदेश प्रहरीको रुपमा काम गर्नु पर्नेछ।
(३) प्रदेश प्रहरीले सम्बन्धित प्रदेश प्रहरी प्रमुखको नियन्त्रणमा रही कार्य सम्पादन गर्नु पर्नेछ।
(४) प्रदेश प्रहरी प्रमुखले नेपाल प्रहरीको समान पदको प्रहरी कर्मचारीको लागि निर्धारण भए सरहको पारिश्रमिक र नेपाल प्रहरीको समान पदको प्रहरी कर्मचारीले पाउने सुविधाभन्दा कम नहुने गरी प्रदेश सरकारले निर्धारण गरे बमोजिमको सुविधा पाउनेछ।
(५) प्रदेश प्रहरी प्रमुखको रुपमा खटिएको प्रहरी कर्मचारीलाई नेपाल सरकारले सम्बन्धित प्रदेश सरकारको समन्वयमा अन्य प्रदेशमा वा नेपाल प्रहरी अन्तर्गतको कुनै निकायमा सरुवा गर्न सक्नेछ।